Kath khabar
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे



               काठमाडौं, जेठ ३० । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्सेमा हरियाली छाएको छ । नेप्से आज ३४ दशमलव १७ अंकले बढेर दुई हजार २० दशमलव ६४ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि छ दशमलव ५२ अंकले बढेर तीन सय ७९ दशमलव ८७ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरूको ७० हजार सात सय ५९ पटकको कारोबारमा एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सूचक पनि उच्च अंकले बढेर पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, सिटी होटल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने प्रभु स्र्माट सेलेक्ट फण्ड, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी शिवम् सिमेन्ट, आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update