Kath khabar
जुत्ताको नोक भित्र साढे ५४ लाख बराबरको सुन सहित १ जना पक्राउ

 

                    मकवानपुर, जेठ ३१ ।  मकवानपुरमा साढे ५४ लाख बराबरको सुनसहित १ जना पक्राउ परेका छन‍्। 

जिल्ला प्रहरी कार्यालय मकवनापुरले ५६१.३० ग्राम सुनसहित १ जनालाई पक्राउ गरेको डिएसपी टेक बहादुर कार्कीले‍ जानकारी दिए।

वीरगंज महानगरपालिका वडा नं-१६ बस्ने २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार बिहान साढे ३ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पक्राउ गरेको हो

उनी काठमाडौं तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नम्बरको बसमा सवार थिए। त्यसमा सवार साह माथि प्रहरीले चेक गरेको थियो। उनले जुत्ताको नोकभित्र सुन राखेका थिए। 

उक्त सुन ५६१.३० ग्राम रहेको डिएसपी कार्कीले बताए। उक्त सुन ५४ लाख ४८ हजार ५४२ बराबरको रहेको उनले बताए। उनी माथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update