Kath khabar
वडाध्यक्ष र वडा सचिव ७० हजार घुस सहित पक्राउ

 

                बर्दिबास, जेठ ३२ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवलाई पक्राउ गरेको छ ।

नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु. ७० हजार घुससहित पक्राउ परेका छन् ।  आज वडा अध्यक्ष सहित सोही वडाका सचिव अमृत नारायण मिश्र पनि घुस सहित पक्राउ परेका हुन् ।

वडा अध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट रु. ७० हजार घुस लिइसकेको अवस्थामा घुस रकम सहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो । उनका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update