Kath khabar
राष्ट्र बैंकको आग्रह, विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउनु


                     काठमाडौं, जेठ ३२ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ । बिहीबार सूचना जारी गर्दे राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

विगत केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायको कर्मचारी भएको भनी ग्राहकहरूलाई ग्राहक पहिचान (केवाईसी) सम्वन्धी विवरण अधावधिक गर्न सम्वन्धीत ग्राहकबाट वान टाइम पासवर्ड (ओटीपी), निश्चित अंकको नम्वर, नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको छ ।

यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, वालेट जस्ता विद्युतीय भुक्तानीको साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्याई ग्राहकको खाताबाट बिभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ ।

यस सन्दर्भमा यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्नु, नगराउनु हुन सम्वन्धीत सबैमा राष्ट्र बैंकले जानकारी गराएको छ । यदि कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनको लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धी सेवा प्रदायक संस्था तथा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउँन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

साथै राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुले यस्ता अवाञ्छित गतिविधिहरूलाई सूक्ष्मरूपमा निगरानी गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update