Kath khabar
अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ

 

                   कञ्चनपुर, जेठ ३२ ।  कञ्चनपुरको दोधारा चाँदनीमा अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधवार हिजो पक्राउ गरिएको हो । 

दोधारा चाँदनी नगरपालिकाभित्र अवैध रुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिनु भएको हो।

'९ जना भारतीय नागरिकलाई औषधि सहित नियन्त्रणमा लिएका छौँ', उहाँले भन्नुभयो - 'उनीहरु माथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।'

पक्राउ पर्नेमा भारतको उधम सिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update