Kath khabar
हाइप्रोफाइल नक्कली भुटानी शरणार्थी प्रकरणमा आज शुक्रबार नै आदेश आउने सम्भावना

 

                   काठमाडौं, असार १ ।  हाइप्रोफाइल नेता र कर्मचारी मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । प्रतिवादीसँग बयान लिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरुमा सरकारी वकिलको तर्फबाट भएको थियो  । त्यसपछि १८ जना प्रतिवादीको तर्फबाट भएको लामो बहस पनि बिहीबार सम्पन्न भएको छ । 

यससँगै अब शुक्रबार  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपाने सहितका ४ जनाले जवाफी बहस गर्नेछन् । प्रतिवादी तर्फका वकिलले उठाएका प्रश्नहरु माथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् । 

जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ । बहस सकेपछि समय पुगेमा शुक्रबार नै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदन सहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाए पछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोग पत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस शुरु भएको  थियो । 

जस अनुसार ३ दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भयो भने त्यसपछि प्रतिवादीका तर्फबाट वकिलहरुको बहस भएर आज सकिएको हो ।  उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरु विरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुर समेत गरेकाले सोहीअनुसार सजायको मागदाबी सहित मुद्दा दर्ता गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update