Kath khabar
राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा पाँच प्रतिशत छुट प्रदान गर्ने



                    काठमाडौं, असार ३। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको पाँच प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको छ ।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभर ड्यु, नर्मल तथा पेनाल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिनेछ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता÷जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिनुहुन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको छ । 

बैंकले बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यु आर कोड सेवा, पस (प्वाईन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपिएस, स्मार्ट क्यु आर टेलर, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने युएसएसडी बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन । 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update