Kath khabar
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय सिलवाल पक्राउ

 

             काठमाडौं, असार ८ ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update