Kath khabar
बरिष्ठ कलाकार किरण के.सी (राता मकै)को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम


                 ललितपुर, असार १४ ।  नेपाल ४ जात ३६ वर्णको फूलबारी जहाँ भाषा, संस्कृति, चाडपर्व, परम्परा तथा आपसी सद्‌भावले भरिपूर्ण देश हो। हरेक जात जातिको आफ्नै संस्कार र संस्कृति मध्ये कति चाडपर्व सबैको साझा चाडको रुपमा मनाउँदै आईरहेका छौ ।

यस्तै चाड मध्ये असार १५ अर्थात कृषि प्रधान देश नेपाल र नेपालीहरूको लागि विशेष धान दिवस पनि हो, यो दिन खेतबारीमा रोपाइँका साथै दही चिउरा खाने दिनको रुपमा पनि हामी मनाउँदै आईरहेका छौं। यही विशेष दिनमा नेपाल र नेपालीहरूको मन मुटुमा आफ्नो स्थान बनाउन, कहिले कसैको कुभलो नसोच्ने, पशु पन्छीको पीडा पनि आफ्नै पीडा सम्झने बरिष्ठ कलाकार, गायक, समाजसेवी किरण के.सी (राता मकै)को जन्मदिन पनि हो।

हुन त हरेक वर्ष उहाँको जन्मदिनमा शुभकामना दिन नेपालको हरेक क्षेत्रका व्यक्तित्वहरू ललितपुर इमाडोल, राता मकै चोकस्थित इन्द्रेणी ब्याङ्क्वेटमा भेला हुने गर्थे, तर यसपटकको जमघटमा भने अलि फरक तरिकाले मनाउने हेतु वृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

"Every blood donor is living god" हरेक रक्तदाता ज्यूँदो भगवान हुन् भन्ने मूल मन्त्रका साथ यही असार १५ गते शुक्रवार इमाडोलस्थित इन्द्रेणी ब्याङ्क्वेट राता मकै चोकमा बिहान ८ देखि अपरान्ह २ बजेसम्म वृहत रक्तदान कार्यक्रममा सहभागी हुन महालक्ष्मी नगरपालिका लगायत सम्पूर्ण शुभेच्छुकहरूलाई आव्हान गर्नुभएको छ। लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कल र लायन्स क्लब काठमाडौँ सोसल सर्कलसँगको सहकार्यमा आयोजना हुने रक्तदान कार्यक्रम पश्चात दही चिउराको अमूल्य स्वादको साथमा विशेष प्रस्तुतिहरू पनि रहनेछन्।

कार्यक्रमको विशेष आकर्षणमा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको मन्तव्य सहित यमन श्रेष्ठ, देवेन्द्रमान सिंहको प्रस्तुति रहने छ।  साथै उक्त अवसरमा च्यान्टी सुवेदी (९७ वर्ष), मिठू के.सी (८५ वर्ष),  शुलभ बुढाथोकी, प्रकाश सुवेदी (पत्रकार), हास्य कलाकार कैलाश कार्की, श्याम के.सी, मनहरी भण्डारी, शिवहरी वैरागी, शैलेन्द्र सिंम्खडालाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ । उक्त कार्यक्रमका सारथी 'उद्घोषक' शशि कुमार खड्काले संचालन गर्नुहुनेछ।  

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update