Kath khabar
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरि नारायण रौनियार बानेश्वरबाट पक्राउ

 

                 काठमाडौं, असार १५ ।  प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरि नारायण रौनियारलाई पक्राउ गरेको छ। प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।

रौनियार विरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगी सम्बन्धी उजुरी परेको थियो। सोही उजुरीका आधारमा रौनियारलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए।

उनी २०७४ मा पर्सा क्षेत्र नम्बर ३ बाट तत्कालीन संघीय समाजवादी फोरमको सांसद समेत भएका थिए। अख्तियारले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update