Kath khabar
अमेरिकाको फिलाडेल्फियामा अर्को  गोलीकाण्ड,  ४ को मृत्यु, ४ घाइते


               फिलाडेल्फिया,  काठमाडौं, असार १९ ।  संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।

फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार १ जना संदिग्ध आक्रमाणकारीलाई  हिरासतामा लिइएको छ। दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफल बोकेको उसले किशोर माथि गोली हानेको थियो। 

फिलाडेल्फिया इन्क्वायररका अनुसार घाइतेलाई तत्काल नजिकको अस्पताल पुर्‍याइएको थियो। गोली चलेको जानकारी पाउने वित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो। एक थान राइफल र एउटा ह्याण्डगन पनि प्रहरीले बरामद गरेको छ। घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन। 

गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा २ जनाले ज्यान गुमाएका थिएभने २८ जना घाइते भएका थिए। 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update