Kath khabar
ललिता निवास प्रकरण : थप ९ जनालाई ७ दिन थुनामा राख्न अनुमति 

 

                काठमाडौं, असार १९ ।  ललिता निवास जग्गा हिनामिना मुद्दामा पक्राउ परेका ९ जनालाई ७ दिन थुनामा राख्न म्याद थप गरिएको छ। 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो। संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ९ आरोपितलाई ७ दिन थुनामा राख्ने अनुमति दिएको हो।

यस्तै, सिआइबीले आइतबार पनि काठमाडौं महानगरपालिका-४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो। 

केही दिनअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की पनि पक्राउ परेका छन्। 

घटनामा संलग्न विरुद्ध प्रहरीले सरकारी छाप किर्ते र संगठित अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update