Kath khabar
कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

 

               कञ्चनपुर, असार २० ।  कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जना विरुद्ध  दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरू माथि अनुसन्धान अघि बढाइएको छ। 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update