Kath khabar
९ कक्षामा अध्ययनरत छात्रा शिक्षकबाटै यौन दुर्व्यवहारको शिकार 


                काठमाडौं, असार २० ।  विद्यार्थी माथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । शंखमूलस्थित लिटल फ्लावर्स पब्लिक स्कुलका शिक्षक २३ वर्षीय अशोक परियारले आफ्नै विद्यार्थीलाई लामो समयदेखि यौन दुर्व्यवहार  गर्दै आएका हुन् । बागलुङ स्थायी घर भई कुपन्डोल बस्ने परियारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

९ कक्षामा अध्ययनरत १६ वर्षीया छात्रालाई उनले दुर्व्यवहार  गर्दै आएको प्रहरीले जनाएको छ । छात्राका परिवारले सो कुरा थाहा पाएपछि प्रहरीमा उजुरी दिएका हुन् । उनीहरूबीचको च्याटका आधारमा दुर्व्यवहार  पत्ता लागेको हो ।

शिक्षकले भने छात्रासँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन् । ‘लामो समयदेखि दुर्व्यवहार  हुँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘शिक्षकलाई पक्राउ गरेर अनुसन्धान थालेका छौँ ।’ 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update