Kath khabar
१६ वर्षीया नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक रुदिल श्रेष्ठ पक्राउ

 

                 काठमाडौं, असार २२ ।  काठमाडौंको ठमेलमा रहेको लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ । 

एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिनुभयो । त्यही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीवार हिजो बेलुका बालुवाटारबाट पक्राउ गरिएको थियो । 

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका २ जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवाल विरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update