Kath khabar
शनिवार राती आठ बजेसम्म बैंकहरु खुल्ने

                

                 काठमाडौं, असार २२ । शनिवार राती आठ बजेसम्म बैंकहरु खुल्ला रहने भएका छन् । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारले राष्ट्र बैंकमार्फत राजश्व बुझ्ने प्रयोजनको लागि सार्वजनिक बिदाका दिन अर्थात शनिबार पनि बैंकहरू खुल्ला राख्न निर्देशन दिएपछि बैंकहरु खुल्ने भएका हुन् ।

शुक्रबार सूचना जारी गर्दे राष्ट्र बैंकले अर्थमन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको अनुरोध बमोजिम राजश्व बुझ्ने प्रयोजनको लागि बिदाका दिनहरुमा पनि बैंकहरु खुल्ला राख्न निर्देशन दिएको हो ।

निर्देशन अनुसार राजश्व संकलन, चेक क्लियरिङ, विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनको लागि यही असार २४ गते, यही असार २३ गते र यही असार ३० गते बिदाका दिन समेत राती आठ बजेसम्म र असार ३१ गते बेलुका सात बजेसम्म राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफर (इएफटी) को फण्ड सेटलमेन्ट गर्ने बैंक तथा वित्तीय संस्थाहरूका साथै नेपाल क्लियरिङ हाउस पनि खुल्ला रहने राष्ट्र बैंकले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update