Kath khabar
स्व.रबिन तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ३ घण्टा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिने

 

                काठमाडौं, असार २२ ।  स्व. रबिन तामाङलाई अन्तिम बिदाइ गर्ने कार्यक्रम आइतबार उहाँका लागि अत्यन्तै महत्व राखेको स्थान स्वयम्भूको पवित्र स्थलमा ११:४५ मा गरिने जानकारी ब्यान्डका गिटारिस्ट, अरेंजर हरि महर्जनले जानकारी गराउनु भएको छ। यो घनिष्ट भेला रबिनको नजिकको परिवार र नजिकका साथीहरूका लागि मात्र हुनेछ।

अन्तिम संस्कार अघि आइतबार बिहान ८:०० देखि ११:०० बजेसम्म उहाँका फ्यान र अनुयायीहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न स्व. रबिन तामाङको पार्थिव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिने छ। रबिनको अविश्वसनीय प्रभावको लागि उहाँका फ्यान र अनुयायीहरूको माया, प्रशंसा र कृतज्ञता व्यक्त गर्ने ३ घण्टा समय हुनेछ। तत्पश्चात उँहाको पार्थिव शरीरलाई स्वयम्भू लगिने जानकारी महर्जनले  दिनुभएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update