Kath khabar
साँढे ६ लाख लुट्ने वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ

 

           सुर्खेत, असार २५ ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष विनोद सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । वडाध्यक्ष विष्ट सहित ३ जनाको टोलीले केही दिनअघि खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपियाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई २ लाख दिएको स्वीकारे पछि विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताउनुभयो । वडाध्यक्ष विष्ट माथि थप अनुसन्धान भइरहेको शाहीको भनाई छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update