Kath khabar
चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु, १४ घाइते

 

                ग्वाङडोङ, असार २५ ।  चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्  ।

चीनको दक्षिण पूर्वी ग्वाङडोङ प्रान्तमा रहेको साना बालबालिका पढ्ने एक विद्यालयमा चक्कु आक्रमण भएको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणमा ३ जना विद्यार्थी, २ जना अभिभावक र १ जना शिक्षकको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक जनालाई पक्राउ गरेको छ । यो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ । चीनमा यस्ता खालका आक्रमण निकै कम हुने गरे पनि पछिल्ला वर्षमा भने बढिरहेको खबरमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update