Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ 


                काठमाडौं, असार २८ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार केशव तुलाधरलाई पक्राउ गरेको हो। 

उनलाई सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ। ठगीमा उनको बैंक अकाउन्ट प्रयोग भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update