Kath khabar
१०० किलो गाँजासहित १ जना पक्राउ

 

              हेटौंडा, असार ३१ । आइतबार बिहान साढे २ बजे हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकबाट १०० किलो ६०० ग्राम गाँजा सहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए। 

विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं. को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो। प्रहरीले गोरखा पालुङटार नगरपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरेको हो।

उक्त गाडी पछाडि बोराभित्र लुकाइएको अवस्थामा गाँजा फेला परेको हो। गाँजा फेला परेपछि प्रहरीले दर्जीलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update