Kath khabar
पिपल एड इन्टरनेशनल, यूके तथा राप्रपाको संयोजकत्वमा व्हिलचेयर वितरण

 

                 काठमाडौं, साउन १ । आज श्रावण १ गते समस्त हिन्दु धर्मालम्बीहरुको लागि विशेष दिन । आजकै दिनमा पिपल एड इन्टरनेशनल, यूके तथा राप्रपाको संयोजकत्वमा ललितपुरस्थित केज टोटल फिटनेस सेन्टरले अपाङ्गता भएका व्यक्तिहरुलाई १५ वटा व्हिलचेयर वितरण गरेको छ ।

सोमबार सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न परिवेश भएता पनि मानव र मानवताको लागि उक्त सामाजिक कार्यक्रममा जहङ्गिर फिरोजको प्रमुख आतिथ्यतामा विशेष अतिथि अष्ट महर्जन (ललितपुर अध्यक्ष राप्रपा), नायिका पूजा शर्मा, शिल्पा मास्केको विशेष आतिथ्यतामा सम्पन्न भएको राप्रपा केन्द्रीय सदस्य पदाधिकारी तथा केन्द्रीय सह-महामन्त्री उज्ज्वल कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update