Kath khabar
१० हजार डलर सहित लेबनाननी नागरिक पक्राउ


                 काठमाडौं, साउन २ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलर सहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौं देखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हातेझोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको रु १ सय दरका १०० थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update