Kath khabar
प्रधानमन्त्री प्रचण्डबारे सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा १ जना पक्राउ 

 

               काठमाडौं, साउन २ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबारे सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा १ जना पक्राउ परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर फोटोसप मार्फत जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्ड लगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने रुपन्देहीको देवदह नगरपालिका-८ का टाइगर रानामगर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुटवलको सुख्खा नगरबाट पक्राउ गरेको छ । 

उनलाई काठमाडौंमा 'साइबर क्राइम' सम्बन्धी मुद्दा चलाइने केन्द्रीय साइबर ब्युरोले जनाएको छ ।

pressrelease1689681200.jpg

 

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update