Kath khabar
सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा १ जना पक्राउ

 

                  काठमाडौं, साउन ३ ।  काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा १ जना पक्राउ परेका छन्।

प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार शंकास्पद वस्तु राखेको आरोपमा रौतहटको खजानजी पासवान पक्राउ परेका हुन्। बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा शंकास्पद वस्तु फेला परेको थियो।

अहिले उक्त शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ। वस्तुसँगै खोटाङ हलेसी ज्वेलर्सलाई लक्षित गरिएको पर्चा समेत भेटिएको थियो। यस घटनाबारे अनुसन्धान भइरहेको रिजालले बताएका छन्। 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update