Kath khabar
आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

 

               काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज आइतबार सार्वजनिक गर्दैछ। मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले अहिले बिहान पौने ८ बजे सञ्चालक समिति बैठक बोलाएको छ।   

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ अनुसार राष्ट्र बैंकले आर्थिक वर्ष सुरु भएको एक साताभित्र मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सबै आन्तरिक तयारी पूरा गरेको छ।

सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।

विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update