Kath khabar
मौद्रिक नीति सार्वजनिक : घरजग्गा क्षेत्रमा प्रवाह गरिने कर्जा सम्बन्धी व्यवस्थामा भएन फेरबदल (पूर्णपाठसहित)


               काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले आज आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत चालु आवको मौद्रिक नीति सार्वजनिक गरेको हो ।  

मौद्रिक नीतिले घरजग्गा कर्जा सम्बन्धी पुरानै व्यवस्थालाई यथावत राखेको छ । अघिल्लो आर्थिक वर्षको मौद्रिक नीति मार्फत घरजग्गा धितोमा कर्जा लिदा वास्तविक बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले यही व्यवस्थालाई निरन्तरता दिएको छ ।

‘बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको बजारमूल्य बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिने छ भन्ने व्यवस्था गत आर्थिक वर्षको मौद्रिक नीतिमा रहेको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्थालाई निरन्तरता दिएको छ । यसैगरी शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।   

यस्तो छ, मौद्रिक नीतिको पूर्णपाठ

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update