Kath khabar
सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट



                काठमाडौं, साउन ११ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ ।

यो सुविधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । तत् पश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्न सक्ने छन् ।

उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) सङ्कलन गर्ने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ । आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेल मार्फत समयमै सूचना पठाइने बैंकको भनाई छ ।

यो प्रविधिबाट ग्राहकहरूलाई छिटोछरितो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ । सानिमा बैंकको सातै प्रदेशमा एक सय ३२ वटा कार्यालयहरु र एक सय २३ वटा एटिएम संजालहरु रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update