Kath khabar
सानिमा बैंकले ल्यायो सानिमा फाइभ इन वान सेवा



                काठमाडौं, साउन १२ । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सानिमा फाइभ इन वान सेवा सानिमा थ्रि इन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो ।

यस सेवामा बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो ।

यस सेवाले बैंकको वेबसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउँछ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो । बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update