Kath khabar
भक्तपुरको कमलविनायकमा विष सेवनबाट एक पुरुषको मृत्यु
प्रतिकात्मक तस्विर

 

                 भक्तपुर, साउन १४ । भक्तपुरको कमलविनायकमा विष सेवनबाट एक पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका -१० कमलविनायकस्थित गणेश मन्दिर नजिक घर भएका ४४ वर्षीया लक्ष्मीप्रसाद दिवाकरले विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

शनिबार साझ पौने पाँच बजे विष सेवन गरेका उनको आज बिहान मृत्यु भएको हो । विष सेवनपछि अशक्त भएका उनलाई उपचारको लागी भक्तपुर अस्पताल लगिएको र उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । विष सेवन गर्नुको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update