Kath khabar
गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा नयाँ घरकर्जा दिने

 

               काठमाडौं, भदौ ३ ।  बैंकमा तरलता बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर घटाउन थालेका छन् । यसै क्रममा गरिमा विकास बैंकले निश्‍चित (फिक्स) ब्याजदरमा नयाँ घरकर्जा योजना ल्याएको छ ।

गरिमाले ११.९९ प्रतिशतको फिक्स ब्याजदरमा गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको हो ।

बैंकले हरेक नेपालीहरुको ‘आफ्नै घर, आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्य सहित नयाँ कर्जा योजना ल्याएको बताएको छ । गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म परिवर्तन हुने छैन । 

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने बैंकले जनाएको छ । निश्‍चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताएको छ । 

अहिले बैंकले देशभर १२१ शाखा, ५० एटिएम र डिजिटल बैंकिङ मार्फत ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update