Kath khabar
माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा


              काठमाडौं, भदौ १३ । माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ ।  

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैङ्किङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ्ग सेवा, दुई सय दुई वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update