Kath khabar
कृषि विकास बैंकको नयाँ भर्सन एडिबिएल प्लसको मोबाइल बैंकिङ सुरुवात



                  काठमाडौं, भदौ २२ । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिएको छ । आई डिजिटल एडिबिएल भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरि बैंकले जानकारी दिएको छ ।

सोही अनुसार भदौ २२ गते शुक्रबारबाट बैंकको मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको बैंकको भनाई छ ।  बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेस सहित मोबाइल बैंकिङको नयाँ भर्सन एडिबिएल प्लस जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए । 

बैंकको नयाँ भर्सन एडिबिएल प्लस मोबाइल बैंकिङमा मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेभबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सिमा कायम हुने, बैंकले उपलब्ध गराएका डेबिट कार्ड, मुद्दती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा म्याचुरिटी डेट हेर्न सकिने, विभिन्न वालेटहरुमा ब्यालेन्स लोड गरी कारोबार गर्न सकिने, मोबाइलको ले आउटमा पर्याप्त ध्यान दिई सेवाग्राहिका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको लगायतका सुविधाहरु रहेकाछन् ।

यसबाहेक ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी कस्टुमर फिड व्याक सम्वन्धी व्यवस्था गरिएको, बैंकले उपलब्ध गराएको डेबिट कार्ड हराएमा वा चोरी भएमा मोबाइल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने, डेबिट कार्डको पिन बिर्सेमा पुनः अनुरोध गर्न सकिने, चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिने, वचत खातामा भएको रकमबाट मुद्दती खाता खोल्न सकिने, रजिष्ट्रेशन गर्दाका वखत नै विभिन्न प्रश्नहरु सेट गरी मोबाइल बैंकिङ कारोबारलाई थप सुरक्षित गर्न सकिने, टु वे अथेन्टिकेसन गरी कारोबारको सुरक्षा गर्न सकिने, खातावालाको प्रोफाइल, खाताको विवरण, कारोबारको विवरण लगायत अन्य क्वीक पे मेन्ट सम्बन्धी फिर्चसहरु थप भएको, बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको, विभिन्न मर्चेन्टहरुको विल भुक्तानी गर्न सकिने, अनलाइन अकाउन्ट, ब्याजदर, ब्रान्च नेटवर्क लगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने, रजिस्टर्ड मोबाइलबाट ग्राहकले मोबाइल बैंकिङ सेवा बन्द गर्न चाहेमा ब्लक लेखी ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने लगायतका सुविधाहरू रहेका छन् ।

photo1694166879.JPG

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update