Kath khabar
वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने



                    काठमाडौं, असोज ५ । बैंकहरूले अबदेखि दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने भएका छन् । केही दिनमा भित्रमा यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

सुन आयात सम्बन्धी २०७६ साल चैत १९ गते जारी गरेको परिपत्रलाई संसोधन गर्दे दैनिक सुनको आयात कोटा २० केजी तोक्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

हालको १० केजी सुनले बढ्दो बजार माग धान्न नसक्ने भन्दै व्यवसायीहरुले आयात कोटा बढाउन गरेपश्चात् राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाउन लागेको जानकारी दिएको छ ।    

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update