Kathkhabar
पोखराको मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात


                 पोखरा, असोज ९ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ५७ वर्षीय बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको छ ।

लमजुङकी सुकामाया दुरालाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान अस्पताल ल्याइएको थियो । उपचारमा चिकित्सकको लापरवाहीले महिलाको ‘अनपेक्षित’ मृत्यु भएको भन्दै बिरामीको उपचारमा सहभागी डा.अनिल शाहमाथि आफन्तले हातपात गरेका छन् । उनीहरुले अस्पतालले समयमै बिरामीको अपडेट नदिएको आरोप समेत लगाएका छन् । उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन् ।

मणिपालमा अहिले उल्लेख्य संख्यामा सुरक्षा बल परिचालन गरिएको प्रहरीले जनाएको छ । अस्पताल व्यवस्थापनले छिट्टै घटनाको सत्यतथ्य बाहिर आउने आश्वासन दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update