Kath khabar
दशैंका लागि आजदेखि नयाँ नोट साट‍्न पाइने

 

                      काठमाडौं, असोज २९ । नेपाल राष्ट्र बैंकले दशैं तथा तिहारलाई लक्षित गरी आज सोमबारबाट सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ।

काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गएर नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update