Kath khabar
आज पनि मान्यजनबाट टीका जमरा लगाइँदै

 

                    काठमाडौं, कात्तिक ७ । दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

दशैंको मुख्य दिन अर्थात् विजयादशमी हिजो मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरी मनाइएको छ । नेपालभर पञ्चांग निर्णायक समितिको साइत अनुसार दशैँको टीका जमरा लगाउने प्रचलन छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update