Kath khabar
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु

 

                कास्की, कात्तिक १५ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको ज्यान गएको छ ।

कात्तिक १२ गते अन्नपूर्ण बेसक्याम्पमा गएका पर्वत मोदी घर भएका ४२ वर्षीय असई ढुंगानाको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगाना नेपाली सेनाको टोलीसँग अन्नपूर्ण आधार शिविर गएका थिए । टोलीमा ११ जना सेना र ३ जना प्रहरी गरी १४ जना थिए । टोली मंगलवार गुटेरेस फर्किए पछि हिँडेर फर्कँदै थियो ।

कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर थापाका अनुसार राति खाना खाएर सुतेका उनलाई पखाला लागेको र समस्या हुन थालेपछि उद्धारका लागि हेलिकोप्टरमा पठाइएको थियो । उनलाई मणिपाल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update