Kath khabar
अभियन्ता तारा बराल र पूर्वएआइजी रणबहादुर चन्द बीच बिहे गर्ने सहमति

 

                          काठमाडौं, कात्तिक १७ । नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

चन्द र बरालबीच सम्बन्ध रहेको हल्ला चलिरहेको अवस्थामा उनीहरुले बिबाह गर्ने कागज गरेका हुन् । उनीहरुमध्ये चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् । आवश्यक कागजात तयार गरी छिट्टै बिबाहको प्रक्रिया पूरा गर्न बराल र चन्दबीच भएको सहमतिमा उल्लेख छ ।

यसअघि चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । बेलाबेला विवादमा आइरहने बरालले आफूलाई स्वघोषित अभियन्ता बताउने गरेकी छिन् । पूर्वएआइजी चन्द डिर्भोसी हुन् भने बराल एकल महिला रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update