Kath khabar
नेपाल राष्ट्र बैकद्वारा चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक

 

                    काठमाडौं, मंसिर २२ ।  नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत शेयर र घरजग्गा कर्जालाई खुकुलो बनाएको छ । शुक्रबार गर्भनर महाप्रशाद अधिकारीले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै घरजग्गा सेयर कर्जा खुकुलो बनाएका हुन । 

समिक्षा मार्फत राष्ट्र बैंकले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । सो अनुसार ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो ।

यसैगरी मौद्रिक नीतिले ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने १ सय प्रतिशत कायम छ । यसैगरी सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने उदे्श्य मौद्रिक नीतिले लिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घरजग्गाको जोखिम भार पनि १२५ प्रतिशतमा झारेको छ ।

यसैगरी रराष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत भारेको छ । निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई भने मौद्रिक नीतिले यथावत राखेको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई ध्यानमा राखेर मौद्रिक नीतिको समिक्षा मार्फत मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको राष्ट्र बैंकको भनाई छ ।  

मौद्रिक नीतिको समिक्षाले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याएको छ । यो व्यवस्थाले निर्माण क्षेत्र चलायमान हुने राष्ट्र बैंकको भनाई छ । यसैगरी मौद्रिक नीतिले २०८० कात्तिकमा जाजरकोटमा गएको भुकम्पले क्षतिग्रस्त घरहरुलाई कर्जा सुविधाको ब्यवस्था गरेको छ । सो अनुसार २५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा २ प्रतिशत बिन्दु भन्दा बढी प्रिमियम लिन नपाउने ब्यवस्था मौद्रिक नीतिले गरेको छ ।   

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update