Kath khabar
सजिलो ब्रोकरको पहिलो कारोबार सुरु


                 काठमाडौ, पुस ४ । सजिलो ब्रोकर लिमिटेडले आफ्नो पहिलो कारोबारको रूपमा पाटनकी जीवित देवी (कुमारी) को नाममा खरिद गरेको शेयर एक कार्यक्रमका बिच भेटी स्वरूप कुमारीलाई चढाएको छ ।

जीवित देवी कुमारी धितोपत्र बजारमा प्रवेश गरेसँगै बजारले सकारात्मक लय समातेकोमा खुसी व्यक्त गर्दै कुमारीका पिता निरोज रत्न बज्राचार्य र कम्पनीका अध्यक्ष गोविन्द शर्मा गैह्रेले एक अर्कामा बधाई तथा शुभकामना समेत साटासाट समेत गर्नु भयो ।

सजिलो ब्रोकर लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष कुमारी घरको लागी भेटी छुट्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । मङ्सिर १८ गते कुमारीबाट कारोबार सुरु भएको दिन १८४७.८१ मा बन्द भएको नेप्से इन्डेक्स जम्मा १२ कारोबार दिनको अन्तरालमा २५८.६७ अङ्कले बढेर आज २१०६.४८ बिन्दुमा बन्द हुनुलाई संयोग मात्र मान्न नसकिने र कुमारी कै अनुकम्पाले भएको कुरा कुमारी घरमा चर्चा समेत भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update