Kath khabar
नेप्सेमा आठ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै


                     काठमाडौं, पुस १९ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहीबार भने आठ दशमलव ७१ अंकले घटेर दुई हजार ४९ दशमलव २८ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि आज पाँच दशमलव १२ अंकले घटेर तीन सय ७९ दशमलव १६ अंकमा सिमित भएको छ ।

नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख आठ हजार चार सय तीन पटकको कारोबारमा एक करोड ६० लाख ५१ हजार एक सय एक कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र अन्य समुहको सूचक घटेका छन् भने जलविद्युत, लगानी, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक बढेका छन् ।

नेप्सेमा आज कालिका पावर कम्पनी लिमिटेड, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, शिवम् सिमेन्ट आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update