Kath khabar
गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक


                     काठमाडौं, माघ ४ । गरिमा विकास बैंक लिमिटेडले गरिमा सरल एसएमई कर्जा सार्वजनिक गरेको छ ।

बैंकका अनुसार हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहितरु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरिएको हो ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमइ ओभरड्राफ्ट कर्जामामात्र शुन्य दशमलव ७५ प्रतिशत र आवधिक कर्जामा मात्र एक प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ ।  

यो योजना अन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिकर ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने छन् ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्गमार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ  ।

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update