Kath khabar
दुर्गेश थापामाथि स्टेजमा जुत्ता प्रहार



                    काठमाडौं, माघ २९ । गायक तथा मोडल दुर्गेश थापामाथि दर्शकले जुत्ता प्रहार गरेका छन् । शनिबार स्याङ्जामा आयोजित वालिङ महोत्सवमा स्टेजमा गित गाइरहेका थापामाथि एक युवकले जुत्ता प्रहार गरेका हुन् ।

गर्ने व्यक्ति २७ वर्षीय प्रकाश डुम्रे रहेको बताईएको छ । जुत्ता प्रहार गरेपछि थापाको पछाडिपट्टि टाउकोमा लागेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । जुत्ता प्रहार गर्ने प्रकाशलाई दुबैपक्षको छलफलपछि छाडिएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update