Kath khabar
शेयर बजार राताम्मै


                 काठमाडौं, फागुन १७ । नेप्से घटेर राताम्मै भएको छ । अघिल्लो दिन झण्डै एक अंकले घटेको नेप्से आज बिहीबार २८ दशमलव ६८ अंकले घटेर १९ सय ७२ दशमलव शून्य नौं अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ चार दशमलव ७९ अंकले घटेर तीन सय ५१ दशमलव ६५ अंकमा सीमित भएको छ । तीन सय नौं वटा कम्पनीहरुको आज ४८ हजार तीन सय ४९ पटकको कारोबारमा ७४ लाख ४६ हजार नौं सय ९१ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर किनबेच हुँदा सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सूचक नौं दशमलव ५० अंंकले घटेर एक हजार ६१ दशमलव शून्य सात अंकमा पुगेको छ । यसैगरी जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक पनि घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड, विशाल बजार कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने जोशी हाइड्रो पावर लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड २, जोशी हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी, आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update