Kath khabar
नेप्सेमा सुधार


              काठमाडौं, फागुन २३ । नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने नौं दशमलव ३३ अंकले बढेर दुई हजार १७ दशमलव शून्य तीन अंकमा कायम रहेको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव शून्य छ अंकले बढेर तीन सय ५८ दशमलव ३७ अंकमा कायम रहेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ५८ हजार नौं सय ४० पटकको कारोबारमा ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर किनबेच भएको छ । सो अनुसार आज कुल कारोबार रकम रकम तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, जीवन बीमा र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् विकास बैक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरूको सुचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज दोल्ती हाईड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने मुलुङ हाइड्रोपावर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update