Kath khabar
नेप्सेमा २२ अंकको उच्च वृद्धि


                       काठमाडौं, फागुन २७ । नेप्से बढेको छ । नेप्से आज आईतबार २२ दशमलव १० अंकले बढेर दुई हजार ५२ दशमलव ६५ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव २६ अंकले बढेर तीन सय ६४ दशमलव ५३ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको ५६ हजार सात सय २६ पटकको कारोबारमा ७० लाख ४३ हजार चार सय ५७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये जलविद्युत समुहको सूचक घटेपनि वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, विकास बैक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये वीन नेपाल लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेड, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने चिर्खा हाइड्रो पावर लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड २ आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update