Kath khabar
५८ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो


                     काठमाडौं, फागुन २९ । नेप्से उच्च अंकले बढेको छ । साताको तेस्रो दिन आज मंगलबार नेप्से ५८ दशमलव ५८ अंकले बढेर २१ सय ११ दशमलव २४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर तीन सय ७५ दशमलव १३ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ८२ हजार सात सय ४६ पटकको कारोबारमा एक करोड छ लाख नौं हजार पाँच सय ९७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय ४७ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, वीन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन बैंकको ऋणपत्र ८०–२०, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update