Kath khabar
नेप्सेमा झिनो अंकले गिरावट, चार अर्ब २४ करोडको शेयर किनबेच


                  काठमाडौं, फागुन ३० । अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेमा आज बुधबार भने झिनो अंंकले गिरावट आएको छ ।

नेप्से आज दुई दशमलव ४८ अंकले घटेर २१ सय आठ दशमलव ७२ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ४८ अंकले घटेर तीन सय ७४ दशमलव ६५ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ७३ हजार पाँच सय छ पटकको कारोबारमा एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक ट्रेडिङ समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, सिद्धार्थ इक्विटी फन्ड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update