Kath khabar
शेयर बजार राताम्मै


                 काठमाडौं, चैत १ । शेयर बजार राताम्मै देखिएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने २७ दशमलव ८४ अंकले घटेर दुई हजार ८० दशमलव ८७ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दशमलव ८३ अंकले घटेर तीन सय ६९ दशमलव ८१ अंकमा सीमित भएको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको ६६ हजार एक सय सात पटकको कारोबारमा एक करोड १४ लाख ७३ हजार छ सय १७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार तीन सय दुई रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी रकम कारोबारका आधारमा भने अपर तामाकोसी हाईड्रोपावर कम्पनी, शिवम् सिमेन्ट आदि परेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update